Logo

बारीमै पुगेर किसानको तरकारी किन्दै गुल्मीका स्थानीय तह



Spread the love

९ वैशाख, गुल्मी – लकडाउनको समयमा किसानहरु समस्यामा परेको भन्दै गुल्मीका केही स्थानीय तह तथा कृषि ज्ञान केन्द्र गुल्मीले किसानप्रति चासो देखाएका छन् । लकडाउनका कारण किसानहरुको उत्पादन बारिमै कुहिने अवस्था सिर्जना भएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्र गुल्मीले बारीमै पुगेर तरकारी खरिद तथा बिक्री वितरणको जिम्मा लिएका हुन् ।


जिल्लाको रेसुङ्गा नगरपालिकाले नगरपालिकाको सवारी प्रयोग गरि किसानको उत्पादन खरिद र बिक्रीको व्यवस्था मिलाएको रेसुङा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले सल्लेरी खबरलाई बताए ।


अहिले सम्म करिब १२ लाख बराबरको तरकारी किनबेच गरिएको मरासिनीले उल्लेख गरे ।


त्यस्तै यता जिल्लास्थित कृषि ज्ञान केन्द्र गुल्मीले पनि लकडाउनको समयमा किसानलाई राहत प्रदान गरेको छ । कार्यालयको सवारी प्रयोग गरि किसानको बारिमै पुगेर उत्पादन सम्बन्धित ठाउँसम्म निः शुल्क पुराउने व्यवस्था गरिएको कार्यालय प्रमुख वासुदेव घिमिरेले सल्लेरी खबरलाई बताए ।


उनले भने ” किसानले कुन ठाउँमा कसलाई बेच्ने हो आफ्नो इच्छाले बेच्नु हुन्छ तर हामीले किसानको बारिमै पुगेर निः शुल्क ढुवानी गरि दिन्छौं । ढुवानीको लागि चाहिने इ पास कार्ड पनि हामी आफैले व्यवस्था गरिदिन्छौं ।”


त्यस्तै जिल्लाको सत्यवती गाउँपालिकाले पनि कृषि एम्बुलेन्स सुरु गर्ने तयारी गरिरहेको छ । अहिले किसानको डाटा सङ्कलन तथा खरिद बिक्रीको व्यवस्था मिलाईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले सल्लेरी खबरलाई बताए ।


आँफुले उत्पादन गरेको तरकारीले बजार नपाएर बारिमै तरकारी कुहिने अवस्था झेलिरहेका किसानहरु स्थानीय तह तथा कृषि ज्ञान केन्द्रको कार्यप्रति निकै हर्षित देखिन्छन् । लकडाउनको समयमा पनि तरकारीले बजार मूल्य पाउँदा आँफुहरुलाई थप उत्पादनमा हौसला मिलेको उनीहरुको भनाइ छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्