Logo

६० दिनका लागि अमेरिकी ग्रीनकार्ड बन्द हुने



Spread the love

एजेन्सी। बेरोजगार अमेरिकी नागरिकलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिका प्रवेशमा ६० दिनको अस्थायी प्रतिबन्ध लगाएका छन् । साथै, ट्रम्पले अमेरिकी प्रशासनले ६० दिनका लागि ग्रीनकार्ड जारी नगर्ने पनि जानकारी दिएका हुन् ।

मंगलबार रातिको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागु हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागु हुँदैन ।

ट्रम्पले थपे, ‘अमेरिकी नागरिकको साटो प्रवासीलाई जागिर दिँदा यो ती अमेरिकीमाथि सरासर गलत र अन्याय हुनेछ जसको जागिर यो भाइरसका कारण गुमेको छ ।’

प्रतिक्रिया दिनुहोस्