Logo

ओलीले अध्यादेश फिर्ता लिने



Spread the love

११ वैशाख, काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले २ अध्यादश फिर्ता लिने भएका छन् । गत ८ गते आँफैले जारी गरेका २ अध्यादेश ओलीले फिर्ता लिने निर्णय गरेका छन् ।

सोमबार प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा कम्तिमा ४० प्रतिशत बहुमत भए पुग्ने व्यवस्थाको अध्यादेश जारी गराएका थिए भने संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि जारी गराएका थिए।

संविधानको धारा ११४ को १ ख मा अध्यादेश राष्ट्रपतिबाट जुनसुकैबेला खारेज हुनसक्ने प्रावधान छ। र सोही अनुसार खारेजको तयारी भइरहेको बताइएको छ ।

पार्टी भित्रकै दबाबपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन लागेका समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्