Logo

भारतमा तिब्र रुपमा फैलिदै कोरोना, मृत्यु हुनेको संंख्यामा बढ्यो



Spread the love

१२ बैशाख, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । तर गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा केही कमी भएको छ ।

भारतमा बितेको २४ घण्टामा ४० जनाले ज्यान गुमाएका छन् । हिजो अर्थात् अप्रिल २२ तारिखमा मात्रै भारतमा ३६ जनाले कोरोनाको कारणले ज्यान गुमाएका हुन् ।

अहिलेसम्म भारतमा २३ हजार संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ७ सय २१ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टा यता भारतमा ६ सय जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्