Logo

कतारका राजाले दिए बन्दी गृहमा रहेका १७ नेपालीलाई आममाफी



Spread the love

एजेन्सी । कोरोना भाइरसको महामारी फैलिएकाले कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई मध्य नजर गर्दै कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् ।

दोहास्थित नेपाली दूतावासका अनुसार १७ जना नेपालीले पनि आममाफी पाएका छन् । उनीहरु लागू औषध कारोबार, चोरी, मादक पदार्थ कारोबार र ठगीको कसुरमा सजाय भोगिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्