Logo

दोस्रो विश्व युद्ध जितेका एक अमेरिकीले कोरानालाई भने जित्न सकेनन्



Spread the love

एजेन्सी । दोस्रो विश्व युद्धका एकजना सैन्य अधिकारीको कोरोना संक्रमणबाट सय वर्षको उमेरमा निधन भएको छ । उनको जुम्ल्याहा भाईको भने एक सय वर्षअघि सन् १९१८ को महामारीमा ज्यान गएको थियो ।

अमेरिकाको न्युर्योकस्थित नसौ काउन्टीका फिलिप कान दोस्रो विश्वयुद्धको अनुभव बटुल्ने न्युर्योकका सबैभन्दा जेठा व्यक्ति हुन् । फिलिप कान आफू जिउँदो छदै अर्को महामारी आउनसक्ने त्रासमा पहिलादेखि नै थिए ।

दोस्रो विश्वयुद्धमा फिलिप कान अमेरिकी वायु सेनामा सिपाहीको भूमिकामा थिए । जोन हप्कीन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको संक्रमणले अमेरिकामा ४७ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्