Logo

फेसबुकमा तस्बिर राखेर ‘जरायोको सुकुटी खान’ बोलाउने दाङका एक व्यक्ति पक्राउ



Spread the love

१२ वैशाख, दाङ । फेसबुकमा तस्बिरहरु राखेर ‘जरायोको सुकुटी खान’ बोलाउने दाङका एक व्यक्ति पक्राउ परेका छन् ।

शिवराज पुनले आफ्नो फेसबुकमा राखेको स्ट्याटस र तस्बिरहरु

दाङको गढ्वा गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय शिवराज पुनले आफ्नो फेसबुकमार्फत जंगली जनावर जरायोको सुकुटी खान निम्ता दिएका थिए । उनले आफ्नो फेसबुकमा ‘लकडाउनको टाइम पास, आजको नास्ता जरायोको सुकुटी, मेरो घरमा स्वागत छ’ भनेर  स्ट्याटस र तस्बिर राखेका थिए ।

डिभिजन वन कार्यालय देउखुरीमा पुनले लेखेको सूचना पुगेपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइएको कार्यालय प्रमुख प्रविण बिडारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्