Logo

पाकिस्तानमा लकडाउन बढाइयो



Spread the love

एजेन्सी । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिसकेको छ । विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ ।

नेपालमा जस्तै पाकिस्तानमा पनि लकडाउन गरिएको छ । तर पनि संक्रमितको सङ्ख्या बढिरहेको छ । जसकारणले पाकिस्तानमा लकडाउन मे ९ सम्म बढाइएको छ । पाकिस्तानीका योजना मन्त्री असर उमरले लकडाउन बढाउने घोषणा गरेका हुन् । मन्त्री असरले प्रदेश सरकारसँग विचार विमर्स गरी देशव्यापी रुपमा लकडाउन बढाउने फैसला लिइएको हो ।

पाकिस्तानमा कोरोनाबाट ११ हजार ९૪० जना संक्रमित भएका छन् भने २५३ जनाको मृत्यु भइसकेको छ । यसै गरी २ हजार ७५५ जना निको भइ घर फर्किसकेका छन् । पाकिस्तानमा कोरोनाबाट सबैभन्दा बढी पञ्जाब प्रभावित भएको छ । पाकिस्तानमा १ लाख ३८ हजार १૪७ जनामा परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्