Logo

गुल्मी प्रवेश गर्ने तरकारी तथा फलफूलमा कडाई



Spread the love

१३ वैशाख, गुल्मी – गुल्मीमा भित्र्याइने तरकारी तथा फलफुलमा कडाइ गर्न थालिएको छ । कोरोना भाइरसका कारण जिल्लामा भित्रिएका तरकारी तथा फलफूल गुणस्तरीय नभएको र विषादी प्रयोग गरिएको आशंकामा तरकारी तथा फलफूल प्रवेशमा कडाई गरिएको हो ।


जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीको बैठकले तीन वटा मापदण्ड पुर्याएको खण्डमा मात्रै तरकारी तथा फलफूललाई प्रवेश दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले सल्लेरी खबरलाई बताए ।

फलफूल तथा तरकारी ढुवानीको लागि विषादी जाँच गराएको प्रमाणपत्र , सम्बन्धि जिल्लाको अनुमति पत्र र क्वारेन्टाइन चेकजाँच पत्र अनिवार्य लागू गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

यद्यपि गुल्मीबाट निर्यात हुने तरकारी तथा फलफूलमा भने यो नियम लागू नहुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्