Logo

म अमेरिकाको सबैभन्दा मिहिनेती राष्ट्रपति- डोनाल्ड ट्रम्प



Spread the love

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अमेरिकाको सबैभन्दा मिहिनेती राष्ट्रपति भएको बताएका छन् । कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिकामा कोरोनाबाट ९ लाख ८७ हजारभन्दा बढी संक्रमित भएका छन् भने ५५ हजारभन्दा बढीको ज्यान गएको छ । डोनाल्ड ट्रम्पको नीतिलाई लिएर विभिन्न प्रश्नहरु गर्न थालिएको छ । आफ्ना विरोधीहरुलाई उनले ट्विट लेख्दै आफू अमेरिकाको सबैभन्दा मिहिनेती राष्ट्रपति भएको जनाएका छन् ।

ट्रम्पले ट्विटमा लेखेका छन्, “जसले मलाइ र यो देशको इतिहास जान्दछन्, उनीहरुका अनुसार म अमेरिकाको सबैभन्दा मिहिनेती राष्ट्रपति हुँ । मलाइ यस विषयमा जानकारी थिएन तर म निकै मेहनत गर्दछु । राष्ट्रपति कालको सुरुवाती साढे तीन वर्षमा मैले यस कुराको साबित गरेको छु । ” डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसलाई लिएर लापरबाही गरेको आरोप छ । जुन लापरबाहीले गर्दा अमेरिका सबैभन्दा पीडित देश बनेको छ ।

कोरोनाले गर्दा अमेरिकाको अर्थतन्त्रमा नराम्रोसँग धक्का लागेको छ । यस सालको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदैछ । संकटको घडीमा ट्रम्पले जनतालाई निराश बनाएकाे देखिन्छ । ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हाल्न पाउलान् या नपाउलान यो भने हेर्न बाँकी नै छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्