Logo

काँचो प्याज खाँदा के के फाइदा हुन्छन् ?



Spread the love

काठमाडौं । प्याजलाई खानामा प्रयोग गरिन्छ र अधिकांश घरमा यसको प्रयोग दिनकै हुन्छ । प्याजलाई विभिन्न तरिकाले सेवन गरिन्छ ।

सलादको रुपमा काँचो प्याज: यी ६ रोगका ...

केही मानिस यसलाई सलादको रुपमा प्रयोग गर्दछन् भने कोही यसलाई तरकारीको रुपमा । यदि तपाईंलाई यसको अधिक लाभ लिनु छ भने सलादको रुपमा प्रयोग गर्नु पर्दछ । काँचो प्याजका फाइदा के के छन् ? रक्तचापमा राहत यदि तपाईंमा उच्च रक्तचाप छ भने दिनहुँ प्याजको सेवन गर्नुहोस् । यसले रक्तचाप न्युन गर्दछ । प्याजको दिनहुँ सेवनले ब्लड क्यान्सरजस्ता गम्भीर रोग लाग्न दिंदैन ।

शरीरको लागि फाइदा दैनिक रुपले प्याजको सेवन गर्दा शरीरमा भिटामिन सीको मात्रा बढ्दछ । भिटामिन सीको अधिक मात्राले शरीर धेरै स्वस्थ रहन्छ । क्यान्सर विरुद्ध लड्न सहयोग यो कुरा त सबैलाई थाहा छ कि क्यान्सर एक गम्भीर रोग हो र यसको उपचार निकै जटिल छ । यदि कोही व्यक्तिलाई क्यान्सर रोग लागेको छ भने प्याज खाँदा रोग विरुद्ध लड्न सहयोग मिल्न सक्छ ।

कपालको रङ अझ कालो प्याजको सेवनको कपालको रङ अझ कालो बनाउँछ । यदि कसैले आफ्नो कपाल बाक्लो र कालो बनाउन चाहन्छ भने उसले प्याज सेवन गर्नु जरुरी हुन्छ । रक्तसञ्चार तिव्र गतिमा प्याजको सेवनले शरीरमा तिव्र गतिमा रक्तसञ्चार हुन्छ । यानेकी दिनहुँ प्याजको सेवन गर्दा शरीरमा हुने हर प्रक्रिया चाँडै हुन्छ । हड्डी मजबुत प्याजको नियमित सेवनले हड्डी मजबुत बनाउन सहयोग गर्दछ । हड्डीको लागि दुग्ध पदार्थको धेरै प्रयोग गरिन्छ तर प्याजको सेवन गर्दा पनि हड्डी मजबुत हुने गर्दछ । प्याजको सेवन गर्ने मानिसको हड्डी धेरै बलियो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्