Logo

प्रशिक्षणका लागि रोनाल्डो इटाली फर्कंदै



Spread the love

एजेन्सी । क्रिस्टियानो रोनाल्डो मंगलबार इटाली फर्कने भएका छन् । युभेन्टसले प्रशिक्षणका लागि आफ्ना सबै खेलाडीहरुलाई निर्देशन दिएपछि रोनाल्डो इटाली फर्कने भएका हुन् ।

कोभिड–१९ को महामारीको संत्रासले गर्दा रोनाल्डो केही सातायता पोर्चुगलको आफ्नै घर मडेरियामा रहँदै आएका थिए । युभेन्टसले यसै साताबाट पुर्ण प्रशिक्षण थाल्नेछ ।

स्थगित भएको इटालियन सिरी ‘ए’ फेरी सुरु हुने सम्भावना देखिएपछि युभेन्टसले आफ्ना विदेशी खेलाडीहरुलाई प्रशिक्षणका सामेल हुन निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्