Logo

लकडाउनको असर – मानिसहरुमा मानसिक चिन्ता बढ्दो



Spread the love

विश्वभर कोरोनाको सन्त्रास फैलिरहदा मानिसहरुमा मानसिक समस्या देखिन थालेको छ । यस समयमा व्यक्तिमा साइकोसिस (वास्तविक र अवास्तविक छुट्याउन नसक्ने अवस्था), एन्जाइटी, डिप्रेसनलगायत मानसिक रोग देखिरहेको छ ।

ती व्यक्तिमा डराउने, झस्कने, जुनसुकै कुरालाई शङ्काका रूपमा हेर्ने, निद्रा नलाग्नेलगायत समस्या देखिन थालेको उनले बताए । रोगकै त्रासका कारण कतिपयमा अल्कोहलको प्रयोग अत्यधिक बनाएका छन् । यो समयमा मानसिक समस्या महिला र पुरुष दुवैमा बराबर रहेको अस्पतालमा आउने बिरामीको सङ्ख्याले देखाएको छ ।

उपचारका लागि आउनेमा काठमाडौं उपत्यकाकै बिरामीको सङ्ख्या बढी रहेको पाटन मानसिक अस्पतालका  निर्देशक डा मोहनराज श्रेष्ठले बताए । कोभिड–१९ का बारेमा राम्ररी नबुझेर पनि व्यक्तिमा त्रास बढी भएको उनले बताए । ‘कतिपयमा रोग लाग्नासाथ मरिहाल्छु कि भन्ने भय पाइन्छ,’ उनले भने, ‘सावधानी अपनाएपछि रोग लाग्दैन र लागेपछि पनि निको हुने सम्भावना बढी छ भनी बुझाउनुपर्छ ।’

बालबालिका पनि रोगको जोखिम रहने डा अधिकारीले बताए । ‘उनीहरुमा रोग लागेपछि निको नै हुँदैन भन्ने चिन्ता हुनसक्छ,’ डा अधिकारी भन्छन् । बालबालिकालाई रोगबारे सजग गरे पनि अभिभावकले सही सूचना दिएर अनावश्यक चिन्तामा जान दिन नहुने उनको सुझाव छ । उनले भने, ‘जुनसुकै कुरालाई झिँझो मान्ने, निद्रा नलाग्नेलगायत यो रोगका लक्षण हुन् ।’

रोगका लक्षण देखिएपछि वा सङ्मणको सम्भावना हुँदा आइसोलेसनमा गए पनि सामान्य अवस्थामा यो समय परिवारसँग बिताउन सकिन्छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्नुभन्दा पारिवारका सबै सदस्य एक ठाउँमा बसेर कुराकानी गर्नु उपयुक्त हुन्छ । घरमा बस्दा हुने खाली समय सिनेमा हेर्ने वा सङ्गीत सुनेर बिताउनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्