Logo

कोरोना संक्रमणको जोखिम बच्चाहरुमा कम !



Spread the love

एजेन्सी । विश्वभर कोरोनाको संक्रमणका कारण लाखौंको संख्यामा संक्रमण भइसक्दा पनि यो भाइरसले अहिलेसम्म बच्चालाई आफ्नो शिकार बनाएको छैन। अनुसन्धान अनुसार बच्चामा कोरोना भाइरसको संक्रमणको खतरा कम हुने देखिएको छ। बच्चामा पनि कोरोना भाइरसको संक्रमण हुनसक्छ तर वयस्क र वृद्धवृद्धालाई भन्दा कम मात्रामा बच्चामा संक्रमण हुने गरेको छ।

चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (चाइनिज सेन्टर फर डिजिज कन्टोल एण्ड प्रिभेन्सन) का अनुसार कोरोना भाइरस एक मानिसबाट अर्को मानिसमा फैलने गर्छ। किनभने वयस्क मानिस बाहिर जाने, मानिससँग भेटघाट बढी मात्रामा गर्ने हुँदा उनीहरु कोरोना भाइरसको सिकार हुने गर्छन्।

चिकित्सक भन्छन्, ‘अहिलेसम्म उनीहरुको मात्र कोरोना भाइरसको टेस्ट गरिएको छ, जसलाई कोरोनाका लक्षणहरु देखा परेका छन्। यसमा बच्चाको संख्या निकै न्यून छ।’ बच्चामा संक्रमण भए पनि अहिलेसम्म लक्षण देखा नपरेको पनि हुनसक्ने चिकित्सको अनुमान छ।

स्कुल जाने साना बच्चाको कुरा गर्ने हो भने उनीहरु श्वासप्रश्वास सम्बन्धी विभिन्न भाइरसबाट जुध्ने गर्दछन् र उनको शरीरमा स्वतः रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने गर्छन्। केही हदसम्म बच्चाको रोग प्रतिरोधात्मक क्षमता वयस्क मानिसको भन्दा बढी हुने गर्छ।

प्रतिक्रिया दिनुहोस्