Logo

लोकप्रिय डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ को नयाँ गीत ‘दिलको भित्तैमा’ सार्वजनिक



Spread the love

नेपालको डान्सिङ समूहहरु मध्येको सबैभन्दा धेरै रुचाईएको समूह हो ‘कार्टुन्ज क्रु’। कभर भिडियो निर्माण गरेर चर्चा र लोकप्रियता कमाईरहेको कार्टुन्ज क्रुको अफिसीयल म्युजिक भिडियो दर्शकले रुचाइरहेका छन् । उनिहरुको डान्समा हरेक पटक केहि नौलोपन देख्न पाईन्छ ।लामो संघर्ष पछि मात्र यो समूहले अहिलेको सफलता पाएका हुन् । र अहिले नेपालको डान्सिङ समूहहरु मध्येको सबैभन्दा धेरै रुचाईएको समूह बन्न सफल भएका छन् ।कार्टुन्ज क्रु समूहका अधिकाँस सदस्यको फ्यान फलोइङ राम्रो छ । त्यसमध्ये पनि टिम लिडर सरोज अधिकारी र समूहको एक्ली सुन्दरी आश्माको चर्चा अझै व्यापक हुने गर्छ ।‘रुपको क्यालेन्डर’ को सफलता पछी अहिले  लोकप्रिय डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दिलको भित्तैमा’ बोलको गीतलाई उनीहरुले पृथक तथा रमाईलो सैलिमा प्रस्तुत गरेका छन् ।

गीतमा गायक नवीन रावलको सङ्गीत, मिलन बिस्टको शब्द रहेको छ । यस गितको यरेन्ज अल्मोडा राना उप्रेतीले गरेका हुन्। यस गीतमा अल्मोडा राना उप्रेती , एन्जिला रेग्मी र नबिन रावलको स्वर रहेको छ ।रामेश्वर कार्कीले खिचेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको यस भिडियोमा सरोज र आश्माको कोरियोग्राफी रहेको छ ।भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी तथा विकास राईले गज्जबको डान्स र कमेडी गरेका छन् ।‘एक महिनाको अभ्यास पछि तयार भएको यस भिडियोमा गरेको मिहेनतको नतिजा राम्रो होला भन्ने आशा राख्दै भिडियोमा केहि नयाँ गर्ने प्रयास गरेको निर्देशक सरोजले जानकारी दिएका छन् ।

हेर्नुहोस भिडियो:

https://youtu.be/NVj0Vrzd7z0

प्रतिक्रिया दिनुहोस्