Logo

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या उच्च



Spread the love

२२ बैशाख, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले कुवेतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको कुवेतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोना ९ जना नेपाली कोरोना संक्रमण पुष्टि भएको छन्।

अहिले सम्म कुवेतमा ८४ जना नेपाली कोरोना संक्रमण पुष्टि भएका छन् । दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको छन् भने ३८ जनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्