Logo

एकैदिन रुसमा दश हजार भन्दा बढी थपिए नयाँ संक्रमित



Spread the love

एजेन्सी । एकैदिन रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइतबार रुसमा दश हजार ६३३ जना नयाँ संक्रमित थपिएका थिए ।

आइतबारसम्म रुसमा संक्रमितको संख्या एक लाख ३४ हजार ६८७ पुगेको छ ।तीन दिनदेखि लगातार संक्रमित हुनेको संख्या बढ्ने क्रममा रहेको रुसी अधिकारीहरुले बताएका छन् ।

संख्या बढ्दै जाँदा रुस सातौं सबैभन्दा बढी संक्रमित हुने राष्ट्र बनेको छ । रुसी अधिकारीहरुले नयाँ थपिएका ५० प्रतिशत संक्रमितमा कोभिड–१९ को संक्रमणका लक्षणहरु देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्