Logo

कोरोना उपचारका लागि फ्रन्टलाइनमा खटिएकाहरुको तलब वृद्धि



Spread the love

एजेन्सी । फ्रन्टलाइन वर्कर्सको लागि क्यानडका प्रधानमन्त्री जस्टिन ट्रुडोले तीन बिलियन डलर फन्डको घोषणा गरेका छन् । बिहिबार आफ्नो दैनिक पत्रकार सम्मेलनमा ट्रूडोले भने, ‘यो देश चलिरहोस् भनेर यदि तपाईंले आफ्नो ज्यान जोखिममा पारिरहनुभएको छ भने तपाईंको तलबमा वृद्धि हुनु तपाईंको अधिकार हो ।’

ट्रुडोका अनुुसार अत्यावश्यक कर्मचारी धेरैजसो न्यूनतम तलबमा काम गरिरहेका हुन्छन्, उनीहरु निश्चित रुपमा तलब वृद्धिका हकदार हुन् । यो रकमलाई सबै प्रान्तमा बाँडिनेछ ।

प्रतिक्रिया दिनुहोस्