Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

३० वैशाख, काठमाडौँ । केही हप्ता पहिले लगातार उकालो लागि रहेको सुनको मूल्य केही दिनयता यथावत् छ ।

सोमबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ७६ हजार वरीपरी नै रहेको हाे । त्यसैगरी, तेजाबि सुनको मूल्य ७६ हजार कै हाराहारीमा रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्