Logo

नेकपा स्थायी कमिटी बैठक बुधबारका लागि बोलाइयो



Spread the love

३० बैशाख, काठमाडौं। बुधबारका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ । यस अघि बैशाख २५ गतेका लागि तय भएको भए पनि आवश्यक एजेण्डा तयार नभएकाले बैठक बस्न सकेको थिएन ।

भोलि ११ बजेका लागि पार्टी कार्यालयमा धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्