Logo

जोखिम मोल्दै स्थगित बुन्डेस लिगा आजदेखि सुरु, पहिलो दिन ६ खेल हुँदै



Spread the love

एजेन्सी। कोरोनाभाइरसको महामारीले विश्वभर फुटबल नै ठप्प भएको बेला जर्मनीमा भने आजबाट शीर्ष डिभिजनको लिग सुचारु हुने भएको छ । गत मार्च महिनादेखि रोकिएको बुन्डेस लिगाका खेलहरु आजबाट बन्द रंगशालामा खेलाइने छ ।

कोरोनाको संक्रमणको त्रास अझैपनि कायम रहँदा सबै खेलहरु बन्द रंगशालामा हुनेछ । युरोपमा कोरोना महामारीबाट थलिएको फुटबल सुरु गर्ने जर्मनी पहिलो मुलुक बनेको छ । बुन्डेस लिगाको पहिलो दिन ६ खेल हुनेछ । जसमा युवा स्टारहरुले भरिएको बोरुसिया डर्टमन्ड र साल्केबीचको खेलमा हुनेछ । शनिबार अग्सवर्ग र वल्सवर्ग, डर्टमन्ड र साल्के, डुसेलडर्फ र पाडेरवर्न, आरबी लाइप्जिग र फ्रेइवर्ग, होफेनहाइन र हर्था बर्लिन तथा फ्रन्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा २५ खेलबाट डर्टमण्डको ५१ अंक छ । शीर्ष स्थानको वायर्न म्युनिखको ५५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्