Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या उच्च, एसियाकै १ नम्बर सुचिमा



Spread the love

९ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

भारतमा बितेको २४ घण्टामा १ सय ५० जनाले ज्यान गुमाएका छन् भने ६ हजार १ सय नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् मे २० तारिखमा मात्रै भारतमा १३२ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने आज मुत्यु हुनेको संख्या १४ जना बढेको छन् ।

अहिलेसम्म भारतमा १ लाख १८हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ३ हजार ५ सय ८४ जनाको मृत्यु भइसकेको छ । ४८ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्