Logo

जात नमिल्नेसँग प्रेम गरेको भन्दै गाउँले मिलेर कुट्दा दलित युवकको मृत्यु



Spread the love

११ जेठ, जाजरकोट। रुकुमपश्चिम चौरजहारी नगरपालिकामा गएराति गाउँले मिलेर कुट्दा जाजरकोट भेरी नगरपालिकामा नवराज विकको ज्यान गएको छ । उनिसँग गएका ६ युवा अझै बेपत्ता रहेका छन् भने १२ युवा पक्राउ परेका जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा उनि जाजरकोटबाट सोती पुगेका थिए । केटाहरु आएको थाहा पाएर सुष्माकी आमाले गाउँलेहरु लगाएर युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्