Logo

राजेश हमालका हेर्ने पर्ने २० चलचित्र र रोमाञ्चक ८ तथ्य



Spread the love

नेपाली फिल्मी दुनियाँमा एक छत्र राज गर्दै आएका नायक हुन्, राजेश हमाल । नेपाली फिल्म हेर्ने जो कोहीको लागि प्रिय नायक पनि हुन् । नेपाली फिल्म राम्रो कथा बस्तु भन्दा पनि राजेशको नाम जोडिए पछि हजारौँ दर्शकको हलमा पुग्ने एक जमाना थियो । राजेश हमालको नामले नै चलचित्र सफल हुने युग पनि थियो । अहिले पनि उनी जिरो हेटर भएका नायक भनेर पनि चिनिन्छन् ।

सबैका प्रिय नायकले आफ्नो ५४औँ जन्मदिनको अवसर पारेर चलचित्र ‘सकुन्तला’ घोषणा गरेका थिए । उनको अहिलेसम्मकै रोमाञ्चक भूमिकामा चलचित्र ‘सकुन्तला’ मा एउटी सशक्त महिलाको भूमिका निभाएका छन् । सकुन्तला व्यापारिक हिसाबमा सफल हुननसकेपछि हमाल कुनै पनि चलचित्रमा देखिएका छैनन् ।

नेपाली कथानक चलचित्र ‘युगदेखि युगसम्म’ २०४५ सालबाट उनले आफ्नो फिल्मी यात्रा सुरु गरेका थिए । हमाललाई नेपाली चलचित्र उद्योगमा व्यावसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (२०१४) रहेको छ। अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि उनको उतिकै सक्रिय रहेको छ ।

उनले अहिलेसम्म ‘बसन्ती’, ‘जीवनदाता’, ‘देउता’, ‘गोरेटो’, ‘द युगदेखि युगसम्म’, ‘ढुकढुकी’, ‘अर्जुन’ र ‘अल्लारे’, ‘आफन्त’ लगायत दर्जनौँ चलचित्रमा अभिनय गरिसकेका छन् भने उनी आज भोलि विज्ञापनमा व्यस्त रहेका हुन्छ । धेरै चलचित्रमा अफर आए पनि उनी चलचित्र खेल्ने मुडमा नभएको बताएका छन् ।

एक वर्षमा उनले औसतमा १०-१२ वटा सम्म चलचित्रहरूमा अभिनय गर्ने गरेका थिए । सन् १९९४ मा उनले १६ वटा चलचित्र सम्ममा अभिनय गरेका थिए । १ सय ७० भन्दा बढी नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन् । आफूले गरेका चलचित्र मध्ये देवता र बसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन् । उनी नेपाली चलचित्रका महानायक मानिन्छन् ।

राजेश हमालका उत्कृष्ट २० चलचित्र

१. आफन्त
२. आशीर्वाद
३. जंगवाज
४. को भन्दा को कम
५. प्रतीक्षा
६. सङ्घर्ष
७. बाटुली
८. कर्म योद्धा
९. भगवान् सबैको
१०. स्वाभिमान
११. चोर सिपाही
१२. मेरो राजेश दाइ
१३. मैदान
१४. करण अर्जुन
१५. कर्णवीर
१६. गोरेटो
१७. हामी तीन भाइ
१८. सडक
१९. द युगदेखि युगसम्म
२०. छविलाल कन्जुस छैन

राजेश हमालका ८ तथ्य :

१. जन्म ९, जुन, १९६४ तानसेन, पाल्पामा भएको हो ।

२. राजेश दाइ, शङ्कर, महानायक लगायतका नामबाट पनि चर्चित छन् ।

३. सन् २००७ साल देखि फिल्मी क्षेत्रको विभिन्न समूहले १० अक्टुबर राजेश हमाल डेको रूपमा मनाउँदै आएको छ ।

४. बुवा चूडा बहादुर हमाल र आमा रेणु केसी हमालका तेस्रो सन्तान र उनी भन्दा जेठी गीता र रेखा दुई जुम्ल्याहा दिदीहरू र उनी भन्दा पछाडि एक भाइ राकेश र एक बहिनी रुपा छन् । सबै भाइ बहिनीको नाम आर बाटै सुरु हुन्छन् किन भने हमालको आमाको नाम रेणु हमाल भएपछि सबैको नाम आरबाट नामकरण भएको थियो ।

५. बाल्यकाल पाकिस्तान, भारत लगायत विभिन्न देशमा बितेको थियो । उनका पिता विभिन्न देशका लागि नेपालको तर्फबाट राजदूत भएका थिए । राजेश हमालले आफ्नो विद्यालय स्तरीय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम. ए अङ्ग्रेजी) भारतको पन्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कुलमा उनले अध्ययन गरेका थिए ।

६. राजेश हमालको सबै परिवार डाक्टर पेसामा लागे पनि हमाल भने अभिनयमा लागेका थिए ।

७. नेपाली फिल्मी क्षेत्रमा सबै भन्दा धेरै पढेका, उच्च शिक्षा (एम. ए अङ्ग्रेजी साहित्य ) भारतको पन्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् ।

८. उनका मामा दीपक जङ्ग रायमाझी विदेशमा निर्देशक पढिसकेर नेपाल फर्केपछि चलचित्र भाग्य रेखा निर्देशन गरेका थिए भने त्यसको लिड रोलमा नायक हमाल थिए । तर, छायाङ्कनको १० दिन पछि हमालको अभिनय राम्रो भएन भनेर चलचित्रबाट निकालिएका थिए ।

प्रतिक्रिया दिनुहोस्