Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, एसियाकै १ नम्बर सुचिमा



Spread the love

१२ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

भारतमा बितेको २४ घण्टामा १ सय ५६ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् मे २४ तारिखमा मात्रै भारतमा १४२ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने आज मुत्यु हुनेको संख्या १४ जना बढेको छन् ।

अहिलेसम्म भारतमा १ लाख ३८ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ४ हजार २४ जनाको मृत्यु भइसकेको छ । ५७ हजार उपचारपछि निको भएका छन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्