Logo

कोरोनाको दोस्रो हटस्पट ब्राजिलमाथि अमेरिकाले लगायो यात्रामा प्रतिबन्ध



Spread the love

एजेन्सी। पछिल्लो दुई हप्तामा ब्राजिल गएकाहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ । यद्यपि, यो यात्रा प्रतिबन्ध अमेरिकी नागरिकमाथि भने लागू नहुने ट्रम्प प्रशासनले जनाएको छ।

यसअघि अमेरिकाले चीन, इरान, युरोपको शेंगन इलाका, ब्रिटेन र आयरल्याण्डको यात्रामा गएकालाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

ब्राजिल कोरोनाभाइरसबाट सर्वाधिक ग्रसित देशको दोस्रो हटस्पटको रुपमा देखा परेको छ । संक्रमितको संख्या ब्राजिलमा तीन लाख ६० हजार पुगेको छ भने हालसम्म २२ हजार बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्