Logo

भारतमा पछिल्लो एकसाता दैनिक ६ हजार बढी नयाँ संक्रमित थपिदै



Spread the love

एजेन्सी। कोरोनाभाइरसको सङ्क्रमणबाट भारत सबैभन्दा बढी प्रभावित हुने दश राष्ट्रको सुचिमा परेको छ । पछिल्लो एक साता यता दैनिक रुपमा छ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिदै आएका छन् ।

पछिल्लो पटक थपिएका नयाँ सङ्क्रमितको संख्याले भारतलाई इरानभन्दा माथि पुर्याउनुका साथै दशौं सबैभन्दा बढी प्रभाबित राष्ट्र बनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा छ हजार ९७७ जना नयाँ सङ्क्रमित थपिएका छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या एक लाख ३८ हजार ५३६ पुगेको छ । भारतमा हालसम्म सङ्क्रमणबाट चार हजार २० जनाले ज्यान गुमाएका छन् । ५७ हजार ५२९ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्