Logo

दोस्रो विश्वयुद्ध छलेका गोहीको ८४ वर्षमा मृत्यु



Spread the love

एजेन्सी । रुसको मस्कोस्थित एक चिडियाखानाका दोस्रो विश्वयुद्ध छलेका गोहीको ८४ वर्षमा मृत्यु भएको छ । चिडियाखानाका अनुसार ८४ वर्षका गोही ‘शैटर्न’को शुक्रबार मृत्यु भएको हो । उक्त गोही एडोल्फ हिटलरले पालेको धेरैले विश्वास गर्छन् ।

संयुक्त राज्य अमेरिकामा जन्मेको गोहीलाई सन् १९३६ मा बर्लिनस्थित चिडियाखानालाई हस्तान्तरण गरिएको थियो । सन् १९४३ मा चिडियाखानामा बम पड्किदा गोही त्यहाँबाट उम्किएको थियो । सन् १९४६ सम्म शैटर्नको अवस्था अज्ञात थियो ।

प्रतिक्रिया दिनुहोस्