Logo

कोरोनालाई जितेर एक सय ५५ जना घर फर्किए



Spread the love

१३ जेठ, काठमाडौं । संक्रमित संख्या दिनहुँ बढ्दै गए पनि कोरोनालाई जितेर घर फर्कनेको संख्या उतिकै मात्रामा रहेको छ। हालसम्म कोरोनालाई परास्त गरेर एक सय ५५ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना निको हुनेमा १ सय २४ पुरुष र ३१ जना महिला रहेका छन् । त्यस्तै आज मात्र थप ९० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गुल्मीमा २, महत्तरीमा २, जुम्लाका बारामा कार्यरत २, बारामा ३, रौतहटमा २२, सिरहामा ५, धनुषामा १, बाँकेमा ८, कपिलवस्तुमा २६, अर्घाखाँचीमा २, स्याङ्जामा २ र सुर्खेतमा १२ रूपन्देही, कैलाली र अछाममा १/१ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्