Logo

रुसमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या हालसम्मकै उच्च



Spread the love

१३ जेठ, काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट रुसमा एकैदिन १७४ जनाको मृत्यु भएको छ। योसँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ८०७ पुगेको छ ।

रुसमा पछिल्लो २४ घण्टामा कोरोनाका ८ हजार ९१५ नयाँ संक्रमित भेटिएका छन् । योसँगै रुसमा कोरोनाबाट तीन लाख ६२ हजार ३४२ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्