Logo

कोरोनालाई जितेर थप २१ जना घर फर्किए



Spread the love

१४ जेठ, काठमाडौं । पर्सामा थप २१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । मंगलबार २१ जना डिस्चार्ज भएसँगै अब पर्सा जिल्लामा ९ जना सङ्क्रमित मात्र आइसोलेसनमा उपचार गराइरहेका छन् ।

वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीले डिस्चार्ज भएकाहरुलाई पुष्पगुच्छा दिँदै शुभकामना व्यक्त गरेका थिए।

हालसम्म पर्सामा ९५ जनामा कोरोना पुष्टि भएकोमा ८९ जना निको भएर घर फर्किसकेका छन् । पर्सामा पछिल्लो समय लकडाउनमा कडाइ गरिएको छ भने नयाँ संक्रमित पनि न्यून देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्