Logo

आजको मौसम – पश्चिमी पहाडी भूभागमा चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना



Spread the love

१४ जेठ, काठमाडौँ । आज देशका पूर्वी, मध्य तथा पश्चिम पहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय प्रणालीका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।

दिउँसो देशको पूर्वी तथा पश्चिमी भूभाग तथा मध्य पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। राती पूर्वी तथा मध्य भूभागका केही स्थानहरुका साथै पश्चिमी भूभागका एकदुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, भोलि देशको पूर्वी तथा पश्चिमी पहाडी भूभागमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्