Logo

पाकिस्तानमा संक्रमितको संख्या बढ्दो, एकैदिन एक हजार भन्दा बढीमा संक्रमण



Spread the love

एजेन्सी। पाकिस्तानमा सङ्क्रमितको संख्या ५९ हजार १५१ पुगेको पाकिस्तानी अधिकारीले बताएका छन् । पछिल्लो २४ घण्टामा पाकिस्तानमा १ हजार ४४६ सङ्क्रमित थपिएका छन् ।

पाकिस्तानमा सङ्क्रमित मध्येका १ हजार २२५ व्यक्तिको हालसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । मङ्गलबार मात्र २८ जना सङ्क्रमितको ज्यान गएको छ । सङ्क्रमितहरुमध्ये १९ हजार १२४ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्