Logo

रुसमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु



Spread the love

१५ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले रुसमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको रुस अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

Coronavirus Covid-19 patient beat nurse and bite on her face video ...

पछिल्लो समय आमेरिका संसारको सबै भन्दा धेरै कोरोना संक्रमण भएको छ भने दोस्रोमा ब्राजिलमा रहेको छ । त्यसपछि रुस तेस्रो सुचिमा रहेको छ । दिन प्रतिदिन रुसमा मुत्यु हुनेको संख्या उच्च रहेको छ ।

रुसमा २४ घण्टा यता १६१ जनाको संक्रमणबाट ज्यान गएको छ भने १ हजार ८ सय भन्दा बढी नयाँ कोरोना संक्रमण भएको देखिएको छ । हिजो को तुलनामा मुत्यु हुनेको संख्या १०० ले बढेको छ । रुसमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।

रुसमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेहरुको सङ्ख्या ३ हजार ९ सय ६८ जना भएको छ भने ३ लाख ७० हजार ६ सय ८० जना संक्रमित पुगेका छन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्