Logo

कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख कट्यो



Spread the love

एजेन्सी । कोरिया, भियतनाम, इराक र अफगानिस्तानको कूल ४४ वर्षको लडाईँमा जति अमेरिकीको ज्यान गयो लगभग त्यति नै संख्यामा तीन महिनाभित्र कोरोनाका कारण अमेरिकीको ज्यान गएको छ । कोरोना भाइरसले संसारकै शक्तिसाली देशलाई सर्वाधिक प्रभावित पारेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ भने १६ लाख ९८ हजार ५ सय ८१ संक्रमित भएका छन्।

यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कोरोनाबाट एक लाखको मृत्यु भएमा डरलाग्दो हुने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्