Logo

मलेसियामा थप १२ जना नेपालीमा कोरोना पुष्टि



Spread the love

एजेन्सी। मलेसियामा थप १२ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै सङ्क्रमित नेपालीको संख्या ६७ पुगेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

सङ्क्रमितमध्ये १३ जना निको भएका छन् भने ५४ जनाको अस्पतालमा उपचार भइरहेको छ । उपचारत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

मलेसियाले कोरोनाको जोखिम कम हुँदै गएको सङ्केत गर्दै मे ४ देखि लकडाउन पनि खुकुलो बनाएको छ । जुन ९ सम्म मलेसियाले लकडाउन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्