Logo

कोरोनालाई जितेर दाङका थप आठ जना घर फर्किए



Spread the love

१६ जेठ, तुलसीपुर । कोराना विशेष अस्पतालमा उपचाररत आठ जना कोरोनालाई जितेर शुक्रबार घर फर्किएका छन्। कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोनाभाइरसलाई जितेर आठ जना बिरामी घर फर्किएका हुन् ।

शुक्रबार कोरोना बिशेष अस्पताल बेलझुण्डीले आठ जना बिरामी सन्चो भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए। नरैनापुरका तीन जना, कपिलवस्तुका दुई जना, कपिलवस्तु शिवराज नगरपालिकाका एक जना र दाङ गढवा गाउँपालिकाका एक जना गरी आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएको हो ।

निको भएर घर फर्किनेहरु १८ बर्षदेखि ४३ बर्ष उमेर समुहका रहेको छन्।

प्रतिक्रिया दिनुहोस्