Logo

यस वर्षको अन्ततिर चीनले कोरोनाभाइरसको भ्याक्सिन ल्याउने



Spread the love

एजेन्सी। चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस यतिबेला विश्वभर महामारीको रुपमा फैलिरहेको छ । जुन देशबाट कोरोना फैलियो त्यहि देशले विश्वबजारमा सबैभन्दा पहिले भ्याक्सिन ल्याउने सम्भावना रहेको बताइएको छ ।

चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले शनिबार एक सोसल मिडिया पोस्टमा चीनमा बनेको कोरोनाभाइरसको भ्याक्सिन यस वर्षको अन्त्यसम्म वितरणका लागि बजार आउन सक्ने बताएको छ।

२९ मार्चमा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा यसबारे पोस्ट गरिएको थियो । उक्त पोस्टमा भ्याक्सिन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्