Logo

कोरोनाबाट सर्वाधिक प्रभावित हुने देशमा ब्राजिल चौथो नम्बरमा



Spread the love

एजेन्सी। कोरोनाभाइरसका कारण ब्राजिलमा २८ हजार ८ सय ३४ जनाले ज्यान गुमाएका छन्। यो आँकडा अनुसार फ्रान्सलाई उछिन्दै ब्राजिल अब कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित देशको चौथो सूचीमा पुगेको छ । फ्रान्समा अहिलेसम्म कोभिड–१९ का कारण २८ हजार ७ सय ७७ को मृत्यु भएको छ ।

शनिबार मात्र ब्राजिलमा कोरोनाबाट ३३ हजार २ सय ७४ संक्रमित भएका हुन्। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पाँच लाख संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्