Logo

लकडाउनमा विवाह : जन्तीलाई सिमाना मै छोडेर दुलहीको घर गए दुलाहा



Spread the love

१८ जेठ, गुल्मी – मुलुक यतिबेला कोरोना भाइरसकासँग जुधिरहेको छ । मुलुक लकडाउन कारण यति बेला ठप्प छ । मेला महोत्सव तथा वनभोज जस्ता कार्यमा पुर्ण प्रतिबन्ध लगाइँदा विवाहलाई सामान्य ढंगले गर्न अनुमति दिईएको छ ।

यस्तै, गुल्मीमा जन्तीलाई सिमा पारी नै राखेर विवाह सम्पन्न गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ११ कि पवित्रा पाण्डे र छिमेकी जिल्ला अर्घाखाँचीको सन्दिखर्क नगरपालिका वडा नम्बर १ का सुरेश अधिकारी लकडाउनकै बिच विवाह बन्धनमा बाँधिएका छन् ।


उनिहरु जन्ती सहित आइतबार अर्घाखाँचीबाट दुलही लिन गुल्मी आएका थिए । दुलही लिन आएका जन्तीहरुको सङ्ख्या बढी भएपछि स्थानीय स्वयंसेवकहरुले जन्तीलाई रेसुङ्गा नगरपालिकाको वडा नम्बर ११ र छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको सिमानाका फेदिमा रोकि दुलाहा सहित चार जनालाई मात्र गाउँ प्रवेश गर्न दिएका थिए

लकडाउनलाई प्रभावकारी बनाउन तथा कार्यान्वयन गराउन वडा नम्बर ११ स्थिति कालिका क्लबका युवाहरु परिचालित भएका थिए ।

उक्त क्लबका एक सदस्यले सल्लेरी खबरलाई भने “उहाँहरुको वैवाहिक जिवनको हामी शुभकामना दिन चाहन्छौँ । तर, लकडाउनको समयमा धेरै मानिसहरु आएका कारणले गर्दा हामिले चार जनालाई मात्र गाउँ प्रवेशको अनुमति दियौं भने अरुलाई यहि सिमानाका मा रोक्यौँ ।”

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्