Logo

लकडाउनको बढ्दो असर – बालबालिकामा डिप्रेसनको जोखिम उच्च



Spread the love

काठमाडौँ। हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोरकिशोरीहरलाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ ।

अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका लागि भन्दै विश्वका विभिन्न देशमा लकडाउन गरिएको छ । यसका कारण बालबालिका तथा किशोरकिशोरीहरू घरमा एक्लै बस्नुपर्ने अवस्था आएको छ । यसरी उनीहरूलाई एक्लै छोड्दा अहिले नै र पछि गएर पनि उनीहरूमा एक्लोपना रुचाउने र डिप्रेसनमा पनि जानसक्ने देखिएको हो ।

बालबालिका तथा किशोरकिशोरीहरूको एक्लोपना र मानसिक अवस्था विषयमा अमेरिकामा अनुसन्धान गरिएको हो । अमेरिकाको एक स्वास्थ्यसम्बन्धी जर्नलमा प्रकाशन गरिएकाे लेखमा चारदेखि २१ वर्षसम्मका बालबालिका र किशोरकिशोरीहरूमा अनुसन्धान गरिएको बताइएकाे छ ।

यसरी गरिएको यस अध्ययनमा एक्लोपनमा बस्ने किशोरकिशोरीहरूमा अन्य सामान्य अवस्थामा भन्दा तीन गुणा बढी डिप्रेसनको सम्भावना हुने देखिएको छ । अहिलेको यो एक्लोपनाले आगामी कम्तीमा नाै वर्षसम्म उनीहरूमा डिप्रेसनको समस्या ल्याउन सक्ने अध्ययनमा देखिएको छ । अध्ययनमा अहिलेको कोभिड १९ ले मानिसको मानसिक स्वास्थ्यमा पारेको प्रभावको बारेमा बुझ्न अरु कम्तीमा पनि १० वर्ष लाग्नसक्ने देखिएको पनि बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्