Logo

संक्रमण बढेपछि जुम्ला सदरमुकाममा तीनदिन निषेधाज्ञा जारी



Spread the love

२१ जेठ, खलङ्गा। लकडाउन खुकुलो भएपछि जुम्ला सदरमुकाममा तीनदिन निषेधाज्ञा गरिएको छ । जिल्ला सुरक्षा समितिको वैठकले तीन दिन निशेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

स्थानीय प्रशासनले मिति आज विहान ९.०० बजे बाट २३ गते बेलकी १२ बजे सम्म निशेषज्ञा जारी गरेको हो । भारतबाट आउने मानिसहरु अत्याधिक बढेको समयमा बजार क्षेत्रमा लकडाउन उलंघन भएका कारण जोखिम रोक्न सुरक्षा समिति सो निर्णयमा पुगेको थियो ।

भारतबाट आउने व्यक्तिहरुको पिसिआर नतिजा धमाधम पोजेटिभ देखिएपछि त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्