Logo

सावधान ! दुध चिया पिउने बानीले आउन सक्छ स्वास्थ्यमा यस्ता समस्या



Spread the love

कतिपयले दिनमा दुई / तीन कप दुध चिया पिउँछन् । उनीहरुले आफ्नो स्वास्थ्यमा कुनै खराबी भएको पाउँदैनन् । तर, सबैको हकमा त्यस्तो हुँदैन । आफ्नो शरीर वा चिया पिउने बानी अनुसार पनि चियाले असर गर्न सक्छ । यसले अनेकन स्वास्थ्य समस्या निम्त्याउँछ ।
चियाको लत लाग्ने
दैनिक २–३ कप चिया पिउनुहुन्छ भने तपाईलाई चियाको लत लाग्न सक्छ । यस्तोमा चियाको तलतल लाग्छ र चिया पिउन नपाएमा काम गर्न उर्जाको कमी र तनाव महसुस हुन्छ ।
डिहाइड्रेसन
चियामा हुने क्याफिनले शरीरबाट पानीको मात्रालाई अवशोषित गर्छ र तपाईलाई डिहाइड्रेशनको शिकार बनाइदिन्छ ।
पेट फुल्ने
खासगरी खाली पेटमा वा एक दिनमा धेरै कप दुध चिया पिउदा पेट फुल्ने समस्या हुन्छ ।
पोषक तत्वको कमी
चियामा रहेको दुधले शरीरमा पोषक तत्वको अवशोषणमा बाधा पुर्याउने हुदा शरीरमा आइरन, जिन्क आदी पोषक तत्वको कमी हुन्छ ।
निद्रा नलाग्ने
चिया धेरै पिउनु शारीरिक मात्रै होइन मानसिक स्वास्थ्यको लागि पनि हानीकारक हुन्छ । धेरै चिया पिउनाले तनाव , बेचैनी र निन्द्राको कमी जस्ता समस्याहरु निम्त्याउछ ।

प्रतिक्रिया दिनुहोस्