Logo

‘टाइगर जिन्दा हे’ को पहिलो गीत रिलिज(भिडियो)



Spread the love

सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘टाइगर जिन्दा हे’ को पहिलो गीत रिलिज भएको छ। वर्षकै सर्वाधिक प्रतिक्षित फिल्मको रुपमा हेरिएको उक्त फिल्मको ‘स्वाग से स्वागत‘ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा विशाल धडलानी र निशा वासिनले स्वर दिएका छन्। भिडियोमा सलमान र कट्रिना कैफ फिचरिङ छन्।
करिब पाँच वर्ष लामो समयको अन्तरालपछि सलमान र कट्रिना पर्दामा एकसाथ आउँदैछन् । त्यसैले यो फिल्म दर्शकहरुका साथै सलमान र कट्रिनाको लागी पनि बिशेष हुनेछ ।यस गीतलाई विशाल ददलानी र नेहा भसीनले स्वरबद्ध गरेका छन् भने विशाल र शेखरले संगीतबद्ध गरेका छन् ।ईराकमा केहि बर्ष पहिले घटेको भारतिय नर्सहरुमाथीको सत्य घटनालाई लिएर फिल्म निर्माण गरिएको छ ।‘यशराज फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्मलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन्। ‘एक था टाइगर’को सिक्वेलका रुपमा निर्माण भएको फिल्म ‘टाइगर जिन्दा हे’ डिसेम्बर २२ बाट प्रदर्शनमा आउदै छ।फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।

हेर्नुहोस् भिडियो: 

 

https://youtu.be/xmU0s2QtaEY

 

यो पनि हेर्नुहोस्

प्रतीक्षाको घडि समाप्त सलमान र कट्रिना स्टारर फिल्म

प्रतिक्रिया दिनुहोस्