Logo

भारतमा एकैदिन थपिए ९ हजार ३ सय ४ संक्रमित



Spread the love

एजेन्सी। बुधबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा आठ हजार ९०९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार त्यहाँ १ लाख ६ हजार ७ सय ७३ एक्टिभ केस छ भने १ लाख ४ हजार १ सय ६ जना मानिस निको भएर घर फर्किएका छन्। भारतमा कोरोनाका कारण ६ हजार ७५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा २ सय ६० जनाको मृत्यु भएको हो।

मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म सवैभन्दा धेरै सङ्क्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । महाराष्ट्रमा मात्रै ७२ हजार ३०० जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्