Logo

अनलाइन कक्षामा सरिक हुन नपाउँदा आफूमाथि आगो लगाएर आत्महत्या गरिन् छात्राले !



Spread the love

एजेन्स। महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण भारतका विद्यालय तथा शैक्षिक संस्थाले अनलाइन कक्षा संचालन गरेको छ । यसैबीच अनलाइन कक्षामा समावेश हुन नपाएको भन्दै भारतको केरलमा १४ वर्षकी एक छात्राले कथित रुपमा आत्महत्या गरेकी छिन् ।

आत्महत्या गर्ने छात्रा केरलको गभरमेन्ट हायर सेकेन्डरी स्कूलकी छात्रा थिन् । दलित कोलोनीको आफ्नो घरभन्दा २ सय मिटर पर छात्राले कथित रुपमा आफूमाथि आगो लगाइन् ।

छात्राका पिताले अन्य भारतीय मिडियासँगको कुराकानीमा आफू दैनिक ज्यालादारी मजदुर भएकोले लकडाउनका कारण आफ्नो टिभी सेट बनाउन नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्