Logo

ट्रम्पले खाने औषधिले कोरोना रोक्न नसक्ने वैज्ञानिकहरूको दाबी



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खादै आएको हाइड्रोक्सिक्लोरोकिनले कोरोनाभाइरसबाट जोगाउन नसक्ने निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् । मिनेसोटा विश्वविद्यालयमा गरिएको अध्ययनको यो निष्कर्ष न्यू इङल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको हो ।

राष्ट्रपति ट्रम्पले आफूले कोरोनाबाट जोगिनका लागि हाइड्रोक्सिक्लोरोकिन प्रयोग गर्ने गरेको बताएका थिए । यो औषधि मलेरियाको रोकथाम र उपचारमा प्रयोग गरिन्छ । अध्ययनका लेखक डेभिड बोलवेरले आफ्नो अध्ययनमा सहभागी भएर यो औषधि लिएका व्यक्तिहरुमा धेरै साइड इफेक्ट र मुख्यत ग्यास्ट्रोइनटेस्टिनल, पेट पोल्ने तथा बान्ता हुने समस्या देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्