Logo

मौसम पूर्वानुमानः आज देशभरको मौसम कस्तो रहला ?



Spread the love

२३ जेठ, काठमाडौं । काठमाडौं उपत्यकालगायतका पश्चिम र मध्य पहाडका जिल्लाहरुमा गएराति देखि अविरल वर्षा भइरहेको छ । मौसम पूर्वानुमान अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग”चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

देशभर शुक्रबार बिहान सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ को अधिकांश भागमा मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्