Logo

छापहिले बासीले फोन र नेटको सुविधा कहिले पाउने ?



Spread the love

गुल्मी। भनिन्छ अहिलेको युग प्रविधिको युग हो । प्रविधिको माध्यमबाट घरमै बसेर विश्वका हरेक गतिविधिको बारेमा बुझ्न र सुन्न सकिन्छ । तर, गुल्मीमा भने अझै पनि त्यस्ता गाउँ छन् जहाँ इन्टरनेट त परैको कुरा फोन गर्ने पनि रुख, अग्लो ठाउँ तथा पल्लो गाउँ जान नागरिक बाध्य छन् ।

नेपालमा सञ्चारको विकास भएको दशौँ वर्ष बितिसक्दा पनि छापहिले बासी समक्ष अझै पुग्न सकेको छैन । एउटा टावर जडान गर्ने नसक्दा बर्षौदेखि छापहिले बासी सञ्चारको पहुँचबाट टाढा बन्दै गएका छन् । हालको मालिका गाउँपालिका वडा नम्बर पाँच छापहिलेका साबिकका वडाहरू ५,६,७, र ९ का त्यस्तै गरी वडा नम्बर दुईका तल्लो भेगका मानिसहरूले कहिलेसम्म सञ्चारको सुविधा पाउने भन्ने कुराको कुनै टुङ्गो छैन ।

टेलिकमले आँखा चिम्लाउँदा निर्माणाधीन टावर अलपत्र
बर्षौदेखिको सपना साकार हुन्छ कि भन्ने आसमा थिए छापहिले बासी तर निर्माणाधीन टावरले गति लिन नसक्दा उनीहरूको आशा बिस्तारै निराशामा परिणत हुन थालेको छ । गाउँपालिकाले अघिल्लो वर्षको माघ ४ गते टावरको लागि भवन निमार्ण गरिदिए पनि टेलिकमले अझै टावर जडान गर्ने भ्याएको छैन । टेलिकमको जिल्ला शाखा गुल्मीमा सम्पर्क गर्दा लकडाउनको कारण काममा ढिला भएको दाबी गर्दछ भने जेठ भित्र काम सम्पन्न गर्ने उसको आफ्नै दाबी छ तर त्यहाँको स्थलगत निरीक्षण र कामको गति हेर्दा कति वटा जेठ जाने हुन भन्नै नसक्ने अवस्था छ ।
दोष टेलिकमको मात्रै होइन:
यहाँ दोष टेलिकमको मात्रै छैन । सञ्चारको सेवा तथा सुविधाको लागि स्थानीय सरकार, राजनीतिक दल , समाजसेवीहरूको पहलमा समेत प्रश्न चिन्ह खडा हुन्छ । समस्या आजको मात्रै होइन । स्थानीय तथा सञ्चारकर्मी सुमन महताराका अनुसार अहिलेसम्म पनि सञ्चारको पहुँचबाट छापहिले बासी टाढा हुनुमा यहाँ दोष र कमजोरी सबैको रहेको छ ।

पक्कै पनि स्थानीय तहको निर्वाचन भएको करिब तीन वर्ष पुरा भैसकेको छ भने तत्कालीन गाविस तथा जिविसबाट पनि केही पहल भएन । ढिलै भए पनि बन्न लागेको टापरमा टेलिकमले चासो नदेखाउनु र स्थानीय सरकारले आवश्यक कदम चाल्न नसक्नु थप दुखद विषय हो । टावर निमार्ण तथा सेवा सुचारु भएसँगै त्यस क्षेत्रका करिब पाँच हजार भन्दा बढी नागरिकहरू लाभन्वीत हुने थिए । यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिन आवश्यक रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्