Logo

गुल्मीमा दुई जनामा डेङ्गु भेटियो



Spread the love

२३ जेठ, गुल्मी – गुल्मीमा दुई जनामा डेङ्गु भेटिएको छ । जिल्लाको सत्यवती गाउँपालिकामा एक जना महिला तथा एक जना पुरुषमा डेङ्गु भेटिएको हो ।

गाउँपालिका स्थित जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य ज्वरोको उपचार गर्न आएका १४ वर्षीय पुरुष र ५१ वर्षिया महिलामा डेङ्गु भेटिएको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर शिला ढकालले सल्लेरी खबरलाई बताइन् ।

उनिहरु सत्यवती गाउँपालिकाका वडा नम्बर ५ र ६ का नागरिक रहेको डाक्टर ढकालले उल्लेख गरेकी छन् ।

उनिहरुमा ज्वरो देखिएपछि डेङ्गुको शंका लागेर डेङ्गुको परिक्षण गर्दा डेङ्गु भेटिएको हो । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भइरहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्